Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महानगरमा जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल सम्पन्न  

महानगरमा जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल सम्पन्न  

जोईन खबर

२५, मंसिर २०८०
  • 781
    SHARES
  • महानगरमा जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल सम्पन्न  

    २५ मंसिर काठमाडौँ । काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ।

    images

    महानगरले २९ औँ महानगर दिवसका अवसरमा दशरथ रङ्गशालामा आयोजना गरिएको खेलमा जनप्रतिनिधिको नेतृत्व प्रमुख बालेन्द्र शाह र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गरेका थिए ।

    images
    images
    images

    उक्त खेलमा  जनप्रतिनिधिको टीम पराजित बनेभने प्रमुख प्रशासकीयको टिम विजेत  बनेका छन् ।उक्त आयोजनामा भएको खेलमा कर्मचारीकातर्फबाट जीवन थापाले ३ गोल र सविन लामाले २ गोल गरेका थिए ।

    यसैगरी जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले १ गोल र नविन भण्डारीले २ गोल गरे ।खेलको शुरुवात गर्दैै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ले रेफ्री ओम न्पौपानेलाई र रेफ्री न्यौपानेले महानगरका प्रमुख शाह र उपप्रमुख एवं महानगर दिवस मूल समारोह समितिकी संयोजक सुनिता डंगोललाई फुटबल हस्तान्तरण गरेका थिए ।

    महानगर दिवसका कार्यक्रमअन्तर्गत २७ गते बाँसुरी बादन प्रतियोगिता, २८ गते गुरु सम्मान र २९ गते मूल समारोह हुनेछ । 

    प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - १५:३३:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको