Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिताको पुरुषमा आर्मी र टाइम्सको जित हात पारे

दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिताको पुरुषमा आर्मी र टाइम्सको जित हात पारे

जोईन खबर

२६, मंसिर २०८०
  • 661
    SHARES
  • दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिताको पुरुषमा आर्मी र टाइम्सको जित हात पारे

    २६ मंसिर काठमाडाैँ । नेपाल आर्मी र टाइम्स इन्टरनेसनलले दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार जित हात पारेका छन् ।

    images

    आर्मीले बुद्ध टिमलाई १२१––४० ले पराजित ग¥यो । आर्मीको जितमा निश्चल महर्जनले २३ अंक योगदान गरे । विजय बुर्जाको ३० अंक सहयोगमा टाइम्सले गोब्लिन्सलाई १०७–६४ ले हरायो ।

    images
    images
    images

    नखिपोट युवा क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुषमै बूढानीलकण्ठ, कीर्तिपुर ‘ए’ र कीर्तिपुर ‘बी’ ले सफलता पाए ।बूढानीलकण्ठले आयोजक नखिपोट ‘ए’ लाई १०३–८३ ले पाखा लगायो । विजेताका तेन्जिङ शेर्पाले ३६ स्कोर गरे ।

    कीर्तिपुर ‘ए’ ले स्नोल्यान्डमाथि ११०–६५ को जित निकाल्यो । कीर्तिपुर ‘ए’ का जयदीप सिंहले ४७ अंक जोडे । कीर्तिपुर ‘बी’ ले नखिपोट ‘बी’ लाई ७५–७१ ले पन्छायो । कीर्तिपुर ‘बी’ आशिष थापा मगरले ३४ अंक बटुले ।

    प्रकाशित मिति :मंसिर २६, २०८० मंगलवार - ११:००:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको