Logo

बिहिवार, कार्तिक १३ गते २०८३

म्यानमार पु¥याएर बन्धक बनाएको आरोपमा गोरखाको एक युवती  पक्राउ 

म्यानमार पु¥याएर बन्धक बनाएको आरोपमा गोरखाको एक युवती  पक्राउ 

जोईन खबर

२६, मंसिर २०८०
  • 1.2K
    SHARES
  • म्यानमार पु¥याएर बन्धक बनाएको आरोपमा गोरखाको एक युवती  पक्राउ 

    २६ मंसिर काठमाडौँ । म्यानमार पु¥याएर बन्धक बनाएर स्क्यामको काममा लगाएको आरोपमा प्रहरीले  गोरखाको एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा धार्चे गाउँपालिका वडा न ४ की २७ वर्षीया कविता गुरूङलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

    images

    उनीहरुले थाइल्यान्डमा सजिलो र सहज कामको लागि  मासिक एक लाख  भन्दा बढी कमाइ हुने, खाने–बस्ने  कम्पनीले दिने भन्दै दुई जनालाई प्रभोलम देखाएर म्यानमारसम्म पु¥याएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    गुरुङलगायतका टिमले दुई जना पीडितलाई व्यापारी भिसामा म्यानमारको म्यावडीस्थित चिनियाँहरूले सञ्चालन गर्ने कम्पनीमा पु¥याएको पाइएको हो । त्यहाँ बन्धक बनाएर १८–२० घण्टासम्म काममा खटाएर दास बनाएको एसपी पंगेनीले बताए ।

    उनीहरुलाई उता पुराए बापत कविता गुरूङले दुई लाख ६० हजार रुपैयाँ समेत कमिशन लिएको अनुसन्धानबाट खुलेको छ । क्रिप्टोकरेन्सीमा लगानी गर्न लगाउने, लभ ट्र्यापमा पारेर पैसा असुली गर्ने जस्ता कामहरू गर्न लगाएको पाइएको छ। यसरी काम गर्दा लक्ष्यअनुसारको पैसा असुली गर्न नसकेमा यातना दिने गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ।

    कतिपयलाई करेन्ट समेत लगाउने गरेको पाइएको छ । त्यहाँबाट फर्किन खोज्दा पनि चिनियाँहरूले ८–९ लाख रुपैयाँ तिर्न बाध्य बनाएको ब्युरोले जनाएको छ ।पक्राउ परेकी कवितामाथि अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको जानकारी दिएका छन् ।

    प्रकाशित मिति :मंसिर २६, २०८० मंगलवार - ११:५६:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको