२७ मंसिर का सिर्जनचोकको दोहोरी साँझमा आज बिहान आगलागी भएको छ । पोखरा महानगरपालिका वडा न ८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको हो । दोहोरी सांझमा आज बिहान करिब ६ बजे विद्युत तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको ५ ।आगलागी बिहान करिब सवा ७ बजे नियन्त्रणमा आएको ५ ।
प्रहरी निरीक्षक नेत्रबहादुर कुंवरको कमाण्डमा खटिएको टोलीले दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण गरिएको हो ।उक्त दोहोरी सांझमा नगद रूपैयाँ सहित करिब ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उनीहरूले घटना स्थालमा भएको सामानको विवरणहरू यस्तो छन् : बाल्ट्रा कम्पनीको एसी थान–५,मोबाइल फोन थान–१०,फ्रिज थान– १, सीसीटिभी क्यामेरा थान –५,कम्पयुटर थान–१ ,साउण्ड सिस्टम १ सेट, टीभी थान–१,सोफा १५ सेट, ग्याँस गिजर थान–१, पंखा थान–१३ विभिन्न बैकको चेकहरु १३ लाख बराबरको विभिन्न ब्राण्डको रक्सि ८० हजार बराबरको सामान जलि क्षति भएको छ ।