Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गाेरखामा सवारी नियम उल्लंघनको जरिवानावापतको रकम बैकिङ प्रणालीबाट भुक्तानी हुने

गाेरखामा सवारी नियम उल्लंघनको जरिवानावापतको रकम बैकिङ प्रणालीबाट भुक्तानी हुने

जोईन खबर

२७, मंसिर २०८०
  • 823
    SHARES
  • गाेरखामा सवारी नियम उल्लंघनको जरिवानावापतको रकम बैकिङ प्रणालीबाट भुक्तानी  हुने

    २७ मंसिर काठमाडौँ । गोरखामा सवारी नियम उल्लंघनका कसुरहरुको जरिवानावापतको रकम बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने भएको छ। आगामी पुस  १ गतेदेखि प्रहरी जिल्ला ट्राफिक कार्यालयले सार्वजनिक सूचना जारी गरी  राष्ट्रिय वाणिज्य वैकका विभिन्न शाखाहरुमार्फत जरिवाना रकम जम्मा हुने व्यवस्था मिलाएको जनाएको छ ।

    images

    गण्डकी प्रदेश प्रहरी कार्यालयको निर्देशन अनुसार सो निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय  प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक शिव प्रसाद पाठकले जानकारी दिए । कुनै सवारी कारवाहीमा परे उसले बैंकिङ प्रणालीबाट राजस्व जम्मा गरेपछि मात्रै कागजात र सवारी छुट्नेछ।यो प्रक्रिया पूरा गर्न कम्तिमा २४ घण्टा लाग्ने छ।

    images
    images
    images

    सवारी नियम उल्लंघन गर्ने प्रवृतिलाई निरुत्साहित गर्ने र आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले ट्राफिक कारवाहीमार्फत तिर्ने जरिवाना राजश्वलाई वैंकिङ प्रणालीमार्फत गर्ने निर्णय गरीएको उनले बताए ।

    अब जिल्लाभित्र सवारी नियम उल्लङ्घन गर्ने सवारी धनी र चालकले सवारी नियम उल्लङ्घन गरेमा तत्काल ट्राफिक प्रहरीले यो नियमको निर्णय गरिएको हो । ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारवाहीमा परेको सवारी दर्ता किताव, सडक ईजाजत पत्र र सवारी चालक अनुमति पत्र ट्राफिक उल्लङ्घन रेकर्डिङमा दर्ता गरी सकेपछि मात्र राष्ट्रिय वाणिज्य वैंक, इसेवा, खल्ती, कनेक्ट आइपिएस मार्फत जरिवाना तिर्न सकिने कार्यालय गोरखाले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २७, २०८० बुधवार - १२:००:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको