२८ मंसिर काठमाडौँ । यूरोपका नयाँ प्रधानमन्त्रीको रुपमा पोल्याण्डका डोनाल्ड टस्कले शपथ ग्रहण गरेका छन् । बुधवार वार्सास्थित राष्ट्रपति भवनमा पोल्याण्डको डोनाल्ड टस्कले प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन् ।
टस्कलाई सोमवार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्याण्डको संसदको तल्लो सदन सेज्मले प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो । राष्ट्रपति डुडाले बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री व्लाडिस्लाव कोसिनियाक–कामिस्ज र उपप्रधानमन्त्री तथा डिजिटाइजेसन मन्त्री क्रिजिस्टोफ गावकोस्कीले पनि शपथ लिएका छन् । कुनै समय रक्षामन्त्री र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्नेछन् ।
मंगलवार संसदमा प्रमुख नीतिगत भाषणमा, टस्कले सार्वजनिक क्षेत्रको तलब बढाउने र वार्सा र ब्रसेल्सबीचको कानूनी शासन विवादका कारण रोकिएको युरोपेली संघबाट ५९।८ बिलियन युरो ९६४।५ बिलियन अमेरिकी डलर० अनुदान र ऋणमा रोक लगाउने प्रतिवद्धता गरे ।६६ वर्षीय टस्क सन् २००७ देखि २०१४ सम्म पोल्याण्डको प्रधानमन्त्री र सन् २०१४ देखि २०१९ सम्म युरोपियन काउन्सिलको अध्यक्ष भइसकेका छन् । एजेन्सी