Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बेपत्ता युवकको खोजी गर्ने पोखराको सेती नदीको बाँध आज खोलिदैँ

बेपत्ता युवकको खोजी गर्ने पोखराको सेती नदीको बाँध आज खोलिदैँ

जोईन खबर

२८, मंसिर २०८०
  • 706
    SHARES
  • बेपत्ता युवकको खोजी गर्ने  पोखराको सेती नदीको बाँध आज  खोलिदैँ

    २८ मंसिर काठमाडाैँ । पोखरा महानगरपालिका-१६ मा रहेकाे सेती नदीको बाँध बेपत्ता युवकको खोजीका लागि खोलिने चउकाे छ ।

    images

    पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका तनहुँका १९ वर्षीय संगम मिश्र २५ मंसिरदेखि गतेदेखि सम्पर्कविहीन भएका थिए ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले युवकको खोजी गर्न सिँचाइ आयोजनाका लागि थुनिएको सेती नदीको बाँध खोलिएको बताए ।

    images
    images
    images

    बाँध साँझ ४ बजेसम्म खुला रहने जानकारी दिए ।तनहुँका मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।

    मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएका बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - १६:०४:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको