२८ मंसिर काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका धनकुटामा एक जनाले मुक्का प्रहार गरेका थिए ।भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो ।
उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् ।ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् ।एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए ।मुक्का हान्ने राईलाई प्रहरीले पक्राउ गरेको छ ।
तर कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले राईले मादक पदार्थ सेवन गरेको पाइएको बताए ।उनले पूर्वप्रधानमन्त्री ओलीलाई उनले छुन नपाएको समेत बताए । थप विवरण कसरी भयाे भने कूरा अाउन बाकी रहेकाे छ ।