२९ मंसिर काठमाडौँ । काठमाडौं महानगरपालिकाले २९ वर्षको स्थापना दिवस आज मनाएको छ । महानगरपालिकाले काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा विभिन्न कार्यक्रम गरी आज २९ औं स्थापना दिवस मनाएको हो ।
महानगरपालिकाले आजको सभालाई प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
मेयर शाहले काठमाडौँको विकास, सेवा तथा समृद्धि हासिल गर्न साथ, सहयोग तथा हौसला प्रदान गर्नुहुने सङ्घ, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, सङ्घसंस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय समुदाय, आर्थिक, सामाजिक, वित्तीय तथा निजी क्षेत्र, नागरिक समाज, अभियन्ता, महानगरवासी सबैमा हार्दिक आभार प्रकट गर्दछौं मेयर शाहले भनेका छन् ।
यस महानगरमा तत्कालीन सरकारले २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिकाको रूपमा घोषणा गरे पछि महानगरले आफ्नो स्थापनाको त्यही दिनलाई आधार मानेर हरेक वर्ष मंसिर २९ मा महानगर दिवस मनाउँदै आएको हो।