२९ मंसिर काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक शुक्रबार विवाह बन्धनमा बाँधिदैछिन् ।
रेनु दाहालकी छोरी प्रतिभा पाठकको गोरखाका विज्ञानबाबु रेग्मीसँग विवाह हुन लागेको हो । अहिले विवाह गोकर्ण फरेस्ट रिसोर्टमा आज विवाहको भव्य तयारी भइरहेको छ । उनीहरूबीच यही १२ गतेुइन्गेजमेन्टुभएको थियो ।
विवाह समारोहमा प्रचण्डका पारिवारिक सदस्य, सरकारका मन्त्रीहरू, उच्च तहका कर्मचारीहरू, संवैधानिक प्रमुख, पूर्वप्रधानमन्त्रीहरू तथा विभिन्न दलका शीर्ष नेताहरू लगायतलाई निमन्त्रणा गरिएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए । प्रतिभाले बेलायतबाट उच्चशिक्षा लिएकी छिन् ।
गोरखाका बिज्ञानबाबुले अक्सफोर्ड विश्वविद्यालयबाट ुइकोनोमिक डेभलपमेन्टु मा स्नातकोत्तर गरेका छन् । अव उनीहरूको केहीबेरमा लगन कार्य सुरु हुने दाहालले जानकारी दिए । विवाह परम्परागत नभइ छोटकारीमा हुने उनले बताए ।