२९ मंसिर कामठाडौँ । जिल्ला गोरखाका प्रमुख जिल्ला अधिकारी सरूवा भएको छ । आज गृहमन्त्रालयले सूचना जारी गरी गोरखामा रहेका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीका रुपमा सरूवा गरि पठाएको हो ।
जसमा गोरखा प्रमुख जिल्ला अधिकारीको रूपमा गृहमन्त्रालयका सहसचिवमा कार्यरत भोला दाहाल आउने भएका छन् ।
गृहमन्त्रालयले विभिन्न २५ जना सहसचिवहरुको सरुवा एवं पदस्थापन गरेको छ । यस्तै एकजना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् ।
बाँकी सबै प्रमुख जिल्ला अधिकारी ९प्रजिअ०को रूपमा सरुवा तथा पदस्थापन गरेको गृहले जनाएको छ 
