३० मंसिर काठमाडाैँ । जाजरकोट र रुकुम पश्चिमका चिसो र झाडापखालाका कारण ३४ जनाकाे निधन भएकाे छ ।
जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मध्यरातमा गएको भूकम्पपछि खुला आकाशमुनि रात बिताउन बाध्य पीडितहरूमध्ये जाजरकोटका २९ र रुकुम पश्चिमका ५ जनाको निधन भएकाे हाे ।
जसमा १ महिने शिशुदेखि ८९ वर्षीया वृद्धासमेत छिन् ।चिसोका कारण भूकम्पपीडित धमाधम बिरामी पर्न थालेपछि मृत्यु हुनेको संख्या बढिरहेको छेडागाडस्थित आधारभूत अस्पतालका डा. प्रिय शाहीले बताए ।
चिसोका कारण दैनिक १ सय जति उपचार गर्न आउने गरेको उनले सुनाए । ‘अस्पताल आउनेमा झन्डै ६० प्रतिशत बालबालिका छन्,’ उनले भने, ‘धेरैजसो झाडापखाला, निमोनिया, ज्वरो, रुघाखोकीलगायत समस्याबाट पीडित छन् ।
भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको नलगाड नगरपालिकामा पनि दैनिक डेढ सय जनासम्म बिरामी उपचारका लागि आउने गरेको नलगाड आधारभूत अस्पतालका डा. विशाल उप्रेतीले बताए ।रामीडाँडामा भूकम्पमा परी ९० प्रतिशत घरमा क्षति पुगेको थियो भने चार जना घाइते भएका थिए ।