१ पौष काठमाडौँ। नेपाल बिज्ञापन संघको २४ औं बार्षिक साधारण सभा हुने । नेपाल विज्ञापन संघ आनको २४ औँ वार्षिक साधारणसभा पौष ६ गते होटल अख्य बुटिक नक्साल काठमाडौँमा हुने भएको छ ।
पौष ६गते शुक्रबार विहान ११ बजेदेखि सुरु हुने साधारण सभामा संघको सदस्य एजेन्सीहरुलाई उपस्थित हुने आन महासचिव कृष्ण घिमिरेले जानकारी गराउनु भएको छ । संघको वार्षिक साधारणसभामा प्रास्ताव र विभिन्न विषयमाथि छलफल गर्ने पनि संघले जनाएको हो ।
यस साधारणसभामा संस्थाको कार्य समितिको तर्फ बाट महासचिवले वार्षिक प्रतिवेदन, महासचिवको आव २०८०/०८१ को लागि वार्षिक कार्यक्रम ,कोषाध्यक्षबाट आर्थिक वर्ष २०७९ ०८० को लेखापरिक्षण प्रतिवेदन,कोषाध्यबाट आर्थिक वर्ष २०८०/०८१ को लागि अनुमानित बजेट ,आर्थिक वर्ष २०८० ०८१ को लागि लेखापरिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने ,११ औँ कार्यसमितिको निर्वाचन लगायतको प्रस्तावहरु उपरछलफल गरिने महासचिव घिमिरेले जानकारी गराउनुभएको छ ।
२४ औं साधारण सभाबाट आनले ११औं कार्यसमिति समेत निर्वाचित हुने महासचिव घिमिरेले बताउनु भयाे ।