१ पाैष काठमाडाैँ । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका दुई जनालाई राहत दिने सहमति भएको छ।टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार सवार प्युठानका दुई किशोरको मृत्यु भएको थियो।
आइतबार बिहान जिल्ला प्रशासन कार्यालय दाङमा पीडित पक्ष र ट्रक समितिबीच भएको छलफलमा मृतक दुई किशोरका आफन्तलाई राहत दिने सहमति भएको हो।
झिमरुक गाउँपालिका वडा नम्बर ४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौ बहिनी गाउँपालिका वडा नम्बर ६ लुङका १८ वर्षीय सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको थियो।
मृतकका परिवारलाई जनही ६ लाख रुपैयाँ राहत सहयोग गर्ने सहमति भएको छ। साथै नयाँ मोटरसाइकल उपलब्ध गराउने र शवलाई प्युठानस्थित घरसम्म पुर्याइदिने सहमति भएको जनाइएको छ ।