Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मलेसियामा नेपाली साथीको हत्या गरेर भागेका एक युवक विमानस्थलबाट पक्राउ

मलेसियामा नेपाली साथीको हत्या गरेर भागेका एक युवक विमानस्थलबाट पक्राउ

जोईन खबर

२, पौष २०८०
  • 655
    SHARES
  • मलेसियामा नेपाली साथीको हत्या गरेर भागेका एक युवक विमानस्थलबाट पक्राउ

    २ पुष काठमाडाैँ । मलेसियामा नेपाली साथीको हत्या गरेर भागेका एक युवक काठमाण्डौमा पक्राउ परेका छन् । महोत्तरी गौशालाका अनिलकुमार साहलाई प्रहरीले अस्ति शनिवार विमानस्थलबाट पक्राउ गरेको हो ।

    images

    साहले गएको मंसिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको हो ।

    मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार उनीविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने काठमाण्डाै प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष २, २०८० सोमवार - १०:२२:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको