Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिरानचोकको चित्रेपोखरीमा खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने

सिरानचोकको चित्रेपोखरीमा खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने

जोईन खबर

२, पौष २०८०
  • 856
    SHARES
  • सिरानचोकको चित्रेपोखरीमा खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने

     

    images

    २ पुष काठमाडाैँ । गोरखाको सिरानचोक गाउँपालिका ५ चित्रेपोखरी खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता  न्यू दौतरी समुहको आयोजनामा हुन लागेको समूहले बताएको हो ।

    images
    images
    images

    खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता आउदै गरेको ११ औं मोहन स्मृतीको पावान अवसरमा खेल संचालन गर्न लागिएको हो । खेल यही पौष ५ गते देखि ९ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिता न्यू दौतरी समुहको खेल मैदानमा हुने भएको  हो ।

    यस प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद रु १ लाख ११ हजार १ सय ११  रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद रु५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्ने छन ।

    त्यसै गरि सेमिफाईनलमा पुग्ने दुई टिमलाई १५ – १५ हजार विधागत रुपमा बेष्ट गोल किपर, सर्वाधिकत्यस्तै गोलकर्ता,सर्वोत्कृष्ट खेलाडीलाइ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मानित गरिने समुहका अध्यक्ष प्रभाश गुरुङले जानकारी दिएका छन् । समुहका अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा सहभागि हुनका लागि टिमले प्रवेश शुल्क ७ हजार र १५ सय रुपैयाँ कार्ड शुल्क अग्रिम तिर्न पर्ने छ ।

    यदि खेलमा कुनै कार्ड प्राप्त नभएमा उक्त शुल्क फिर्ता गरिनेछ भने दर्ता पौषको ३ गते सम्म गरि सक्नु पर्नेछ ।साथै प्रतियोगिताको उद्घाटन समारोहमा प्रत्येक खेलाडिको मार्चपास अनिवार्य रहेको समेत समुहका अध्यक्ष गुरुङले जानकारी दिएका छन । टिम दर्ता गर्नका लागि अग्रिम फोन मार्फत बाट पनि सम्पर्क गर्न मिल्ने अध्यक्ष गुरुङले बताएका छन् ।

    प्रकाशित मिति :पौष २, २०८० सोमवार - १३:५५:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको