Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने

१२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने

जोईन खबर

३, पौष २०८०
  • 673
    SHARES
  • १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने

    ३ पुष काठमडौँ । १२ औं प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा समितिमा आबद्ध विभिन्न १८ विद्यालयका ५० टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले जानकारी गराए ।

    images

    सिनियर ब्वाइज र गल्र्समा समान १६–१६ तथा जुनियर ब्वाइजमा १८ गरी जम्मा ५० टिमले भाग लिने छन् ।सहभागी टिमहरुमा चैतण्य, स्पाङगल, इनोभेटिभ, सूर्योदय, स्वाप्न वाटिका, श्रृजनशील, लिटिल फ्लावर, लिभरपुल, एसियन पब्लिक, हेम्स, सनसाइन, अल्बर्ट, काठमाडौं इङलिस स्कुल, काठमाडौं जेभियर्स पब्लिक, भद्रघले, अक्षर एकेडेमी, एआईए र डेनेब फ्लोरिडा रहेका छन् ।

    images
    images
    images

    खेल लिग कम नकआउट आधारमा खेलाइने छ ।प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने समितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक धनप्रसाद सुब्बाले जानकारी दिए ।

    प्रतियोगिताका खेलहरु मध्य बानेश्वरस्थित काठमाडौं जेभियर्स र शंखमूलस्थित एआईएको कोर्टमा खेलाइने छ ।काठमडौं जेभियर्समा समूह चरणका खेलहरु मात्र खेलाइने छ ।

     

    प्रकाशित मिति :पौष ३, २०८० मंगलवार - १०:३२:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको