३४ औ अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा यहि डिसेम्बर ११ देखि १५ तारिखसम्म मलेसियामा सम्पन्न दुई काश्य दुई रजत गरी चार पदक जितेर नेपाली बक्सिङ्ग टोली स्वदेश फर्केका छन् ।
पदक विजेता टोलीमा ५१ किलो तौल प्रबल उप्रेती र ५७ किलो तौल समुहमा छिरिङ्ग वाङ्दी शेर्पाले रजत पदक जितेका थिए भने ६० किलोमा शुलभ माली र ५४ किलो तौल समुहमा सिंहबीर लिम्बुले काश्य पदक जितेका थिए । साथै टिम व्यवस्थापकमा स्मृति विश्वास र प्रशिक्षक सन्दिप श्रेष्ठ सहभागी थिए ।
उक्त टोलीलाई नेपाल बक्सिङ्ग महासंघका अध्यक्ष राम अवाले, महासचिव मान बहादुर भण्डारी, कोषाध्यक्ष गौतम सुजखु, केन्द्रिय सदस्य बम बहादुर स्याङतान, भत्तपुर जिल्ला बक्सिङ्ग संघका अध्यक्ष राम चन्द्र प्रजापति, ३ स्टार बक्सिङ्ग प्रशिक्षक दिपक महजर्न, क्ष्द्यब् इलभ क्तबच च्व् राम चन्द्र थापा मगर लगायतले बक्सिङ्ग खेलाडी हरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए ।अन्जनी तेलीको विजयी सुरूवातआगामी २०२४ मार्चमा इंटलीमा हुने ओलम्पिक क्वालिफाईङ बक्सिङ प्रतियोगिताका लािग प्रारम्भिक छनौट खेलहरु आजबाट ललितपुरको सात्दोबाटोमा शुरु भएका छन् ।
आज सम्पन्न भएको महिला तर्पको वैन्टम वैट ५४ किलो तौल समुहमा बक्समाण्डुका अन्जली तेलीले एपीएफका शर्मिला तामाङलाई ५स्० को युनानिमस डिसिजनको आधारमा पराजित गरेका छन् । यस अघि भारतमा भएको वल्ड बक्सिङ्ग च्यािम्पयिनशिपमा पनि तेलीले दुइवटा देशहरुमाथी जित हासिल क्वाटरफाइनल सम्मको यात्रा तय गरेका थिए । पुरुषतर्पm प्mलाई वैट ५१ किलो तौल समुहमा एचटुओका रविन थापालाई आर्मीका शुसिल थापाले स्पिलट डिसिजन ३स्२ को आधारमा पराजित गरे ।
सोही तौल समुहमा बक्समाण्डुका लक्ष्मण राईले रुपन्देहीका अमृत ठाडाराईलाई आरएससीको आधारमा तेस्रो राउण्डमा पराजित गरे । सोही तौल समुहमै रुकुमका अजय पुनमगरलाई नेपाल प्रहरीका चन्द्रबहादुर थापाले युनानिमस डिसिजन ५स्० को आधारमा पराजित गरे त्यसैगरी सोही तौल समुहमै जेनेक्सका कमल थापामगरलाई अल्फाका विशेष बुढामगरले ५स्० अंकको आधारमा विजय हासिल गरे ।
त्यसै गरी फेदर वैट ५७ किलो तौल समुहमा भाईव बक्सिङ् क्लबका निराजन मोक्तानले एपीएफका प्रदीप महर्जनलाई स्पिलट डिसिजन ३स्२ को आधारमा पराजित गरे । ७१ किलो तौल समुहमा भाइब बक्सिङ् क्लबका कुशल गुरुङ्गलाई भुपु बक्सिङ्ग कास्कीका निशान गुरुङ्गले ४स्१ अंकको आधारमा पराजित गरे । ७१ किलो तौल समुहमै नक्सालका अश्विन धिरन श्रेष्ठलाई नेपाल आर्मी का दान बहादुर दर्लामीले युनानिमस डिसिजन ५स्० पराजित गरे ।