Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा धार्चे ४ का १५महिलालाई सिलाइकटाइ मेसिन हस्तन्तरण

गोरखा धार्चे ४ का १५महिलालाई सिलाइकटाइ मेसिन हस्तन्तरण

जोईन खबर

४, पौष २०८०
  • 946
    SHARES
  • गोरखा धार्चे ४ का १५महिलालाई सिलाइकटाइ मेसिन हस्तन्तरण

    ४ पुष काठमाडौँ । गोरखाको  धार्चे गाउँपालिका वडा न ४ लाप्राकमा सिलाई कटाई सीप सिकेर  बसेका १५ जनालाई सिलाइकटाइ मेसिन प्रदान   गरिएको छ । धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले मंगलबार एक कार्यक्रमका बीच सिलाई मेसिन हस्तन्तरण गरेका हुन् ।गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रम (मेडपा) अन्तरगत उक्त मेसिन वितरण गरिएको हो ।

    images

    जसले अघिल्लो वर्ष बाढी लगायतका कारण वितरणमा ढिलाई भएकाले मंगलबार वितरण गरिएको गाउँपालिकाको प्रशासन तथा योजना शाखाका रुल बहादुर अधिकृत आलेले  जानकारी दिए ।

    images
    images
    images

    गाउँपालिकाको योजना शाखाका अधिकृत आलेले महिलाहरुलाई सिलाई  पेशातर्फ आकर्षित गरी आत्मनिर्भर बनाउने उद्देश्यले सलिाई मेसनि हस्तन्तरण गरिएको बताए ।  आफुले सिकेको सीपलाई सकदो उपयोग गरी स्वरोजगार बन्न उनले आग्रह गरे ।

    यसमा पालिकाको ८० प्रतिशत र स्थानीयको २० प्रतिशत लागतमा उक्त सामग्री वितरण गरिएको उनले बताए । सोहि कार्यक्रममा तरकारी खेती सम्बन्धी तालिम लिएका १८ जना र ब्युटी पार्लर सम्बन्धी तालिम लिएका सात जनालाई प्रमाणपत्र पनि वितरण गरिएको उनले बताए ।

    प्रकाशित मिति :पौष ४, २०८० बुधवार - ११:४६:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको