४ पुष काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार, तेजावी सुनको मूल्य १ लाख १८ हजार ४५० र चाँदीको मूल्य १ हजार ४६५ रुपैयाँमा कारोवार भइरहेको छ ।
हिजोको छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार, तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको थियो ।