Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको भीमसेन थापामा भोली पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन हुने

गोरखाको भीमसेन थापामा भोली पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन हुने

जोईन खबर

४, पौष २०८०
  • 700
    SHARES
  • गोरखाको भीमसेन थापामा भोली  पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन हुने

    ४ पुष काठमाडौँ । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ स्थित महादेवटार आधारभूत स्वास्थ्यय सेवा केन्द्रमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका लागि भिआइए परीक्षण शिविर सञ्चालन गर्ने भएको छ ।

    images

    स्वास्थ्य कार्यालय गोरखा र गाउँपालिका स्वस्थ्य शाखाको आयोजनामा पौष ५ गते निशुल्क शिविर सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

    images
    images
    images

    शिविरमा स्त्री रोग, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर परीक्षणका साथै लामो समयको अस्थायी परिवार नियोजन सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।यस शिविरमा  ३० देखि ६० बर्ष उमेरका सवै महिलाहरुले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गराउन सक्नेछन् ।

    महिलाहरू तल्लो पेट दुख्ने, महिनावारीमा समस्या भएका, आङ खस्ने समस्या भएका बिरामीहरुलाई पनि निशुल्क उपचार सेवा प्रदान गरिने उहाँको भनाई छ ।

    प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १५:२१:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको