Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झर्‍यो

उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झर्‍यो

जोईन खबर

५, पौष २०८०
  • 670
    SHARES
  • उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झर्‍यो

    ५ पुष काठमाडाैँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा तल झरेको छ।मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो। आजको आधिकारिक न्यूनतम तापक्रम यही हो।

    images

    यसअघि आजै बिहान ६:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस देखिएको थियो।काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम भएको मौसमविद्ले बताएका छन्।

    images
    images
    images

    मौसम महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसभित्र रहने अनुमान गरिएको छ।यतिबेला काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहेको मौसमविद् अधिकारीले बताए।आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीकै अवस्थामा रहने अनुमान छ।

    प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - १०:०२:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको