५ पुष काठमाडाैँ । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको ढोका यात्रुले खोलेपछि जहाजमा रहेका यात्रु यादव देवकोटाको सामाजिक सञ्जाल एक्सबाट फाेटाे सार्वजनिक भएकाे छ । बिहीबार बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको थियो।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार जहाजको ढोका यात्रुले खोलेको पाइएको छ। ढोकानजिकै रहनुभएका यात्रुले के-कति कारणले ह्यान्डिल चलाउँदा ढोका खुलेछ ।
सुरक्षाकर्मीले ती यात्रुसँग सोधपुछ गरिरहेका छन् । जहाजमा प्राविधिक टोलीले पनि निरीक्षण गरेको छ। यात्रुहरूलाई अर्को जहाजमा राखेर काठमाडौं ल्याउने तयारी भइरहेको उनले बताए।
जहाजमा रहेका यात्रु यादव देवकोटाले सामाजिक सञ्जाल एक्समा लेख्दै जहाजको आपतकालीन ढोका भित्र आएको उल्लेख गरेका छन्। थप विवरण