Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नगरपालिकाको चौथो राष्ट्रपति रनिङशिल्डको उपाधि तारा मावि छेवेटारलाई 

नगरपालिकाको चौथो राष्ट्रपति रनिङशिल्डको उपाधि तारा मावि छेवेटारलाई 

जोईन खबर

५, पौष २०८०
  • 790
    SHARES
  • नगरपालिकाको चौथो राष्ट्रपति रनिङशिल्डको उपाधि तारा मावि छेवेटारलाई 

    ५ पुष काठमाडौँ । जिल्ला गोरखाको गोरखा नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तारा मावि छेवेटारले आत पारेको छ । तारा मावि र गोरखा नगरपालिकाको आर्थिक सहयोग वडा १० छेवेटारको खेलमैदानमा सम्पन्न नगरपालिकास्तरीय रनिङशिल्ड प्रतियोगिताको उपाधि आयोजक तारा माविले  जित्न सफल भएको हो ।

    images

    प्रतियोगितामा प्रथम भएको तारा माविले ६ स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १४ पदक जिते भने, दोस्रो शक्ति मावि पाटेचौरले  ४ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल १४ पदक जिते, तेस्रो विन्ध्यावासिनी मावि नारेश्वरले  ४ स्वर्ण, ३ रजत र १ कास्य गरी कुल ८ पदक जितेको चौथो  राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका सदस्य अमित खत्रीले बताए ।

    images
    images
    images

    प्रथम भएको तारा माविले शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । सो प्रतियोगितामा दोस्रो र तेस्रो भएकालाई टूफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको समितिका सदस्य खत्रीले बताए । त्यसै गरी उक्त प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजारले  ४ स्वर्ण, २ रजत र ६ कास्य गरी कुल १२ पदक जित्नै सान्त्वना भएकालाई मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको उनले बताए ।

    सो प्रतियोगितामा नवज्योति मावि डण्डिडाँडाले १ स्वर्ण, १ रजत र २ कास्य गरी ४ पदक, बालमन्दिर माविले ३ कास्य पदक, महालक्ष्मी मावि ताप्लेले १ स्वर्ण र महेन्द्र मावि कुन्दुरले २ स्वर्ण, १ रजत, ३ कास्य गरी ६ पदक, महेन्द्र ज्योति मावि दरबारमार्गले १ रजत, रत्नराज्यमावि विरेञ्चोकले १ कास्य, रत्न लक्ष्मी मावि डुम्रीडाँडाले १ स्वर्ण, १ रजत र २ कास्य गरी ४ पदक, रामशाह मावि देउरालीले २ स्वर्ण, ५ रजत गरी ७ पदक, राष्ट्रिय मावि घलाङले २ रजत, १ कास्य गरी ३ पदक, द वल्डक्यापिटलले २ स्वर्ण, २ रजत र २ कास्य गरी ६ पदक हात पारेको समितिका सदस्य खत्रीले जानकारी दिए ।

    जसमा जनज्योति मावि ताप्ले, सरस्वति मावि फिनाम, सूर्यमुखी बोर्डिङ स्कुल र मोर्डन बोर्डिङ स्कुल पदक विहिन बनेको उनले जानकारी दिए । 

    प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - ११:४६:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको