Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आँबुखैरेनी तनहूँमा ब्राउन सुगरसहित दुईजना पक्राउ

आँबुखैरेनी तनहूँमा ब्राउन सुगरसहित दुईजना पक्राउ

जोईन खबर

६, पौष २०८०
  • 679
    SHARES
  • आँबुखैरेनी तनहूँमा ब्राउन सुगरसहित दुईजना पक्राउ

    ६ पुष काठमाडाैँ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहूँले नियन्त्रित लागु औषध खैरो हिरोइन(ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषधी प्रयोग तथा ओसारपोसार अन्त्य गर्ने अभियान सञ्चालन गरिरहेको सो इप्रकाले पृथ्वीराजमार्गको मुग्लिनतर्फबाट आँबुखैरेनीतर्फ आइरहेको सवारी चेकजाँच गर्दा खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरेको हो ।

    images

    झापा कन्काई नगरपालिका वडा नं ३ का ३३ वर्षीय अनिरुद्ध मिश्रलाई ब्राउनसुगरसहित पक्राउ गरिएको छ’, ईलाका प्रहरी कार्यालय आँबुखैरनीका प्रहरी निरिक्षक शिव थापाले भने, ‘सोही घटनाको अनुसन्धान गर्दै जाँदा पोखरा महानगरपालिका वडा नं. १४ का ३९ वर्षीय यमबहादुर विकलाई पनि पक्राउ गरिएको छ ।उनीहरुलाई बिहिबार नै तनहूँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको इन्स्पेक्टर थापाले बताए ।

    images
    images
    images

    पक्राउ परेका मिश्रको शरीरमा खान्तलासी गर्दा उनको शरीरमा लगाएको जिन्स पाईन्टको अगाडि दाहिने तर्फको गोजीमा कालो रङको पोलिथिन झोलाभित्र लुकाई छिपाइ राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको उनले बताए । उनलाई तनहूँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेका छन् ।

    प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - १२:११:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको