Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल टेलिकमले सेयरधनीका लागि नगद लाभांश दिने निर्णय

नेपाल टेलिकमले सेयरधनीका लागि नगद लाभांश दिने निर्णय

जोईन खबर

६, पौष २०८०
  • 772
    SHARES
  • नेपाल टेलिकमले सेयरधनीका लागि नगद लाभांश दिने निर्णय

    ६ पुष काठमाडाैँ । नेपाल टेलिकमले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश स्वीकृतिका लागि अर्थ मन्त्रालयमा अनुरोध पठाउने निर्णय बैठकले गरेको छ ।

    images

    मन्त्रालयको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् । टेलिकममा सरकारी स्वामित्व नै ९१ दशमलव ४९ प्रतिशत रहेकाले सोही अनुपातको लाभांश सरकारले नै पाउँछ ।

    images
    images
    images

    टेलिकमले अहिलेसम्म लाभांशमा ४० प्रतिशतको सीमा घटाएको छैन ।कम्पनीले गत आर्थिक वर्ष पनि ४० प्रतिशत नै नगद लाभांश प्रदान गरेको थियो ।

    अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नै नगद लाभांश दिएको थियो ।

    प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - १२:२६:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको