६ पुष काठमाडाैँ । संघीय संसद सचिवालयका महिला अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी भएको छ ।संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटाएको भन्दै एक महिला शाखा अधिकृतलाई झापड हानेका थिए ।
मंसिर तेस्रो साता भएको उक्त घटना प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर समक्ष पुगेको थियो । घटनाबारे थाहा पाएपछि उपसभामुख राना मगरले उपसचिव गैरेसँग सोधपुछ गरेकी थिइन् ।घटनाबारे गैरेले माफी समेत मागेका थिए ।संसद सचिवालयको प्रशासनले उपसचिव गैरेसँग स्पष्टीकरण सोधेको थियो ।
यो दफा अनुसार कारबाही भएमा उनको दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का वा दुई वर्षदेखि पाँच वर्षसम्म तलबवृद्धि रोक्का हुने छ । संसद सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार गैरेमाथि कारबाहीको तयारी भएको सचिवालय स्रोतले जनाएको छ ।