Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जिल्ला स्तरीय ११ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजदेखि गोरखाको रङगशालामा सुरु

जिल्ला स्तरीय ११ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजदेखि गोरखाको रङगशालामा सुरु

जोईन खबर

६, पौष २०८०
  • 775
    SHARES
  • जिल्ला स्तरीय ११ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजदेखि  गोरखाको रङगशालामा सुरु

    ६ पुष काठमाडौँ । गोरखामा ११ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।  जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड सदरमुकामको गोरखा रङगशालाको खेलकुद मैदानमा  सुरु भएको हो ।

    images

    प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री सुशिला सिंखडाले  गर्नुभएको थियो । प्रदेशकी सामाजिक विकास मन्त्री  सिंखडाले उद्घाटन कार्यक्रममा बोल्नुहुँदै  खेलाडीहरुको भविस्यका लागि गण्डकी प्रदेश सरकार गम्भीर ध्यानाकर्षण रहेको बताउनु भयो ।

    images
    images
    images

    मन्त्री सिंखडाले खेलमा सहभागी भएपछि हारजीत स्वाभाविक भएको भन्दै हारलाई पनी अर्को पटकको जीतको आधारको रुपमा लिन पर्ने सुझाव दिनुभयो । राष्ट्रनिर्माणका लागि शारिरिक तन्दुरुस्तीका साथै मानसिक रुपमा समेत सक्षम खेलाडी उत्पादनमा प्रदेश सरकार लागि परेको बताउनुभयो । गोरखा नगरपालिका गोरखाका नगरप्रमुख कृष्णबहादुर रानामगरले खेलमा अनुशासित ढंगबाट सौर्हादपूर्णबाट सम्पन्न गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले आयोजक, प्रतिस्पर्धी लगायतको सवैको सहकार्यले मात्र भव्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

    प्रतियोगितामा करिब जिल्लाभरबाट करिब ८ सय ५० जना खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तासिंह बस्नेत जानकारी दिनुभयो । प्रतियोगिता अन्र्तगत एथ्लेटिक्स तर्फ पहिलो दिन २ सय मिटर, ३ हजार मिटर, र ४ सय मिटरको छात्रछात्राको दौड प्रतियोगिता सञ्चालन भइरहेको छ । त्यस्तै आज नै छात्रा, छात्र सटपुट तथा लम्पजम्प प्रतियोगिता सञ्चालन भइरहेको छ ।

    प्रतियोगिता अन्तरगतको दोस्रो दिन शनिवार १ सय मिटर, ८ सय मिटर र ४ सय मिटरको छात्रछात्र रिले दौड प्रतियोगिता हुनेछ । त्यस्तै सोही दिन छात्रछात्र ज्यवलिन थ्रो र त्रिपलजम्प प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा छात्रा छात्र भलिवल प्रतियोगिता समेत सञ्चालन भइरहेको छ ।

    प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - २०:५८:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको