Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पाँचौ दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा नेपालको दबदबा

पाँचौ दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा नेपालको दबदबा

जोईन खबर

८, पौष २०८०
  • 799
    SHARES
  • पाँचौ दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा नेपालको दबदबा

    ८  पुस  काठमाडौं । पाँचौ दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा नेपालको दबदबा रह्यो । प्रतियोगितामा सिनियर पुरुष, सिनियर महिला र जुनियर पुरुषमा गरी ३ स्पर्धामा समान ३÷३ स्वर्ण, रजत र कांस्यका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले ३ स्वर्ण, २ रजत र ३ कांस्य हात पार्दै वर्चस्व कायम गरेको हो ।नेपाल स्केटिङ तथा स्केटबोर्ड संघ र स्केट एड नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर पुरुषमा शरद् राई पहिलो, बसन्त राई दोश्रो तथा धिरज परियार तेश्रो भए ।

    images

    सिनियर महिलामा समिक्षा राईले स्वर्ण, खुशी विकले रजत तथा स्वाती श्रेष्ठले कांस्य जिते । पुरुष÷महिलामा दुवैमा पहिलो हुनेले १ हजार, दोश्रोले ५ सय र तेश्रोले २ सय ५० अमेरिकी डलर नगद पुरस्कार पाए ।रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा भएको प्रतियोगिताको जुनियर पुरुषमा अभिषेक परियार प्रथम, भारतका मोहम्मद विन जावेद द्वितीय र कर्मा लामा गुरुङ तृतीय स्थानमा रहे । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ सय, १ सय ५० र १ सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे ।पुरुष÷महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

    images
    images
    images

    1(55).jpg

    दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइएको थियो ।विजेतालाई आयोजक संघका अध्यक्ष अच्युत खनाल, उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जागृत पहाडी, महासचिव सत्य थापालगायतले पुरस्कृत गरे । समापनका अवसरमा गजेन्द्र बर्देवालाई वर्षको उत्कृष्ट स्केटर अवार्डबाट पुरस्कृत गरिएको थियो । उनलाई अवार्डसहित २ सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरियो ।

    प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलङका, भुटान, पाकिस्तान र माल्दिभ्सका ३ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष खनालले जनाएका छन् ।समापनका अवसरमा अध्यक्ष खनालले दक्षिण एसियाली राष्ट्रमा नेपाली खेलाडीको प्रदर्शन निकै राम्रो रहेको बताउदै दक्षिण एसियाली खेलकुद (साग) मा स्केटबोर्डलाई समावेश गर्न सके नेपालले थुप्रै पदक जित्ने विश्वास व्यक्त गरे ।

     

    प्रकाशित मिति :पौष ८, २०८० आइतवार - १७:१३:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको