Logo

बिहिवार, कार्तिक १३ गते २०८३

११ औं राष्टपति रनिङशिल्ड प्रतियोगिताको उपाधि सिरानचोक गाउँपालिकाले जित्यो

११ औं राष्टपति रनिङशिल्ड प्रतियोगिताको उपाधि सिरानचोक गाउँपालिकाले जित्यो

जोईन खबर

८, पौष २०८०
  • 973
    SHARES
  • ११ औं राष्टपति रनिङशिल्ड प्रतियोगिताको उपाधि सिरानचोक गाउँपालिकाले जित्यो

    ८ पुष काठमाडाैँ । गोरखाकाे  जिल्ला स्तरीय ११ औं राष्टपति रनिङशिल्ड प्रतियोगिताको उपाधि सिरानचोक गाउँपालिका  जितेकाे छ । सदरमुकाम स्थित रङगशाला खेलकुद मैदानमा आज सम्पन्न भएको हाे । प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्य पदक सहित सहित उपाधी जितेको हो ।

    images

    प्रतियोगितामा सिरानचोकले कुल १६ पदक हात पारेको हो ।  दोस्रो स्थानमा पालुङटार नगरपालिकाले ८ स्वर्ण, ३ रजत र ४ कास्य कुल १५ पद सहित सफल भएको हाे ।  तेस्रा स्थानमा बारपाक सुलिकोट गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित कुल ११ पदकमा सफल भएको आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ । त्यसै गरी आरुघाट गाउँपालिकाले प्रतियोगितामा २ स्वर्ण पदक सहित ८ रजत र ३ कास्य पदक जितेको छ ।

    images
    images
    images

    gorkha.jpgप्रतियोगितामा १३ पदक जितेर आरुघाट गाउँपालिका प्रतियोगितामा सहभागी ११ पालिका मध्ये चौथो स्थान हात पार्न सफल भएको छ । गण्डकी गाउँपालिकाले दुई स्वर्ण, ७ रजत र ३ कास्य पदक जितेको आयोजकले जनाएको छ ।अजिरकोट गाउँपालिकाले २ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्न सफल भएको छ भने गोरखा नगरपालिका गोरखाले दुई स्वर्ण र ३ कास्य पदक जित्न सफल भएको छ ।

    भीमसेन थापा गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्य सहित कुल ५ वटा पदक जितेको छ । शहीद लखन गाउँपालिकाले तीन कास्य पदक, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिको १/१ कास्य पदक यस पटक चित्त बुझाउन परेको छ । प्रतियोगिताको उपाधी बिजेता खेलाडीहरुलाई आज नै एक कार्यक्रमका बिच मेडल तथा पुरस्कार प्रदान गरिएको छ । 

    प्रकाशित मिति :पौष ८, २०८० आइतवार - २२:०१:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको