Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राखेपले सातै प्रदेशमा भौतिक पूर्वाधार र वर्गीकरण समिति गठन

राखेपले सातै प्रदेशमा भौतिक पूर्वाधार र वर्गीकरण समिति गठन

जोईन खबर

९, पौष २०८०
  • 688
    SHARES
  • राखेपले सातै प्रदेशमा भौतिक पूर्वाधार र वर्गीकरण समिति गठन

    ९ पुष काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन÷निरीक्षण गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण समिति गठन गरिएको छ । सातै प्रदेशका लागि छुट्टाछुट्टै समिति गठन गरिएको हो ।

    images

    सातै प्रदेशको समितिमा राखेपका सदस्यलाई संयोजक तोकिएको छ र सातै समिति ३ सदस्यीय छन् ।सुदूरपश्चिम प्रदेशमा एकेन्द्र कुँवर, गण्डकी प्रदेशमा राजेश गुरुङ, कर्णाली प्रदेशमा प्रकाशकुमार कुसारी, बागमती प्रदेशमा पेमा डोल्मा लामा, कोशी प्रदेशमा अञ्जन धमला, लुम्बिनी प्रदेशमा एलबी क्षेत्री, मधेश प्रदेशमा मानदेव हजारा संयोजक छन् ।

    images
    images
    images

    गत चैत १८ गते सम्पन्न खेलकुद पूर्वाधार नीति संवाद– २०७९ मा निकालिएको निचोड अनुरुप सम्भावित संरचानाहरुको पहिचान गर्न, राखेपअन्तर्गत साविकको क्षेत्र तथा जिल्लामा अवस्थित भौतिक पूर्वाधारको अध्ययन÷निरीक्षण गर्नुका साथै प्रदेश सरकार, स्थानिय सरकार तथा खेलकुदसंग सरोकार पक्षसंग समन्वय गरी २१ दिनभित्र समितिले प्रतिवेदन बझाउनु पर्ने छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले समितिका संयोजकलाई आइतबार पत्र हस्तान्तरण गरे ।

    प्रकाशित मिति :पौष ९, २०८० सोमवार - ०८:१८:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको