Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रथम समृद्व ताकु युवा समाजको साबिक वडास्तरीय फुटसल प्रतियोगिता सम्पन्न

प्रथम समृद्व ताकु युवा समाजको साबिक वडास्तरीय फुटसल प्रतियोगिता सम्पन्न

जोईन खबर

९, पौष २०८०
  • 7.1K
    SHARES
  • प्रथम समृद्व ताकु युवा समाजको साबिक वडास्तरीय फुटसल प्रतियोगिता  सम्पन्न

    ९ पुष काठमाडौँ । समृद्ध ताकु युवा समाजद्वारा आयोजित फुटसल प्रतियोगिता आज सम्पन्न भएको छ ।गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न ५ ताकुमाझ लाकुरीबोटको समृद्ध ताकु युवा समाजले साबिक वडा स्तरिय फुटसल प्रतियोगितामा काठमाडौंको खरिबोट बल्छि ध्रुबे फुटसलमा सम्पन्न गरेको हो ।

    images

    fut5.jpg

    images
    images
    images

     

    फुटसल प्रतियोगितामा ९ वटा वडाको १०टिम सहभागिता रहेको थियो ।जसमा प्रतियोगिताको उद्वघाटन खेल समृद्ध ताकु युवा समाज र गोरखा ताकुकोट सेवा समाज काठमाडौं बिचको मैत्रीपूर्ण खेल समेत सञ्चालन भएको थियो।

    fut.jpg

     

    प्रतियोगिताको उपाधि वडा न ९ रानागाउँले खेल बराबर हुदॅा लक्की ड्र मार्फत आपस्वाँरा लाई जित्दै प्रथम स्थान सुरक्षित गरेको थियो। बिजेता रानागाउँ लाई रू १०,०००रूपैयाँ नगद सहित ट्रफि,मेडल र प्रमाणपत्रले पृरस्कृत गरिएकोथिए । द्वितीय हुने टिम आपस्वाँरा लाई नगद रू ५००० रूपैयाँसहित मेडल,प्रमाणपत्रद्वारा पृरस्कृत भएका थिए ।

    साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी आपस्वाँराका एलेक्स थापाले नगद रू १००० रूपैयाँ,उत्कृष्ट गोलकिपर आजिस गुरूङले पनि रू १००० रूपैयाँ , उच्चस्कोर मनोज बराम नगद रू १००० रूपैयाँसहित सम्मान गरिएको थियो । 

    fut1.jpg

    उक्त आयोजका टिमले दृई संस्थाबिचमा भएको मैत्रीपूर्ण खेल खेल्ने गोरखा ताकुकोट सेवा समाज काठमाडौका खेलाडीलाई प्रमाणपत्र दिएर सम्मान गरिएको थिए।प्रतियोगिताको पृरस्कार वितरण साारोहमा समृद्ध ताकु युवा समाजका अध्यक्ष राजन लामिछाने र साथमा गोरखा ताकुकोट सेवा समाज काठमाडौंका अध्यक्ष कृष्ण प्रसाद पनेरूद्वारा वितरण गरिएको थियो ।

    प्रकाशित मिति :पौष ९, २०८० सोमवार - २१:३६:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको