१० पुष काठमाडौँ । पोखरा महानगरपालिका वडा न ५ प्रस्याङमा कारले ठक्कर दिदा दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
राति १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले सिद्धार्थ बैंक अगाडि ठक्कर दिंदा पोखरा महानगरपालिका(३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय बैदामको टोलीले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाएसंगै डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
चालक फरार रहेकाले खोजी कार्य जारी छ । कारलाई भने वडा प्रहरी कार्यालय बैदामको नियन्त्रण लिउको प्रहरीले बताउनु भयो ।