Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आरुघाट गाउँपालिकाले गोरखा नगरपालिकाको भलिबल टिम विरुद्ध उजुरी

आरुघाट गाउँपालिकाले गोरखा नगरपालिकाको भलिबल टिम विरुद्ध उजुरी

जोईन खबर

१०, पौष २०८०
  • 874
    SHARES
  • आरुघाट गाउँपालिकाले  गोरखा नगरपालिकाको भलिबल टिम विरुद्ध  उजुरी

    १० पुष काठमाडौँ । केही दिन अघि गोरखा जिल्लमा सम्पन्न भएको ११ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा  आरुघाट गाउँपालिकाले गोरखा नगरपालिकाको भलिबल टिम विरुद्ध उजुरी हालेको छ । आरुघाट गाउँपालिकाको भलिबल समूहले गोरखा नगरपालिकाको भलिबल समूह विरुद्ध उजुरी दिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले बताए ।

    images

    गोरखा नगरपालिकाले भलिबल समूहमा उमेर हद नाघेका खेलाडीलाई सहभागी गराएको भन्दै आरुघाट गाउँपालिका भलिबल टिमले उजुरी हालेको अध्यक्ष  बस्नेतले जानकारी दिए । सोही उजुरीबारे अहिले छानविन भइरहेको छ। छानविन समितिले प्रमाण जुटाउनका लागि गोरखा नगरपालिकासँग कागजात मागेको र यदि उजुरी गर्नेको प्रमाण पुगेको खण्डमा विजेताबाट पदक खोसिने उनले बताए । उमेर नाघेको बिषयमा प्रमाण नपुगेको खण्डमा यथावत हुने उनको भनाइ छ । 

    images
    images
    images

    रनिङशिल्ड प्रतियोगिताको भलिबल फाइनल खेलमा आरुघाट गाउँपालिका र गोरखा नगरपालिकाबिच खेल हुदा गोरखा नगरपालिकाको भलिबलमा जित हासिल गरी स्वर्ण पदक जितेको थियो ।जिल्ला खेलकुद विकास समितिको सदस्यको संयोजकमा रहेको छानविन समितिमा पालिकाका सामाजिक विकास समितिबाट एकजना र रेफ्रीमध्य एक जना सदस्य रहने उनले बताए ।

     सम्पन्न ११ औँ राष्ट्रपति राष्ट्रपनि रनिङ शिल्डको उपाधि भने सिरानचोक गाउँपालिकाले जितेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बस्नेतले जिल्लास्तरीय प्रतियोगिता सम्पन्न भएसँगै प्रदेशको तयारीमा रहेको बताए । प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आगामी पौष २६, २७ र २८ गते हुने समेत जानकारी दिनु भयो ।

    प्रकाशित मिति :पौष १०, २०८० मंगलवार - १०:०५:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको