१० पुष काठमाडौँ । देउरालीमा भिरबाट लडेर गंभिर घाईते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारपाक सुलिकोट गाँउपालिका–७ पाँचखुवा देउरालीका ८५ बर्षिय अमरबहादुर गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरी नायब उपरिक्षक श्रेष्ठका अनुसार मुलबारी घर भएका गुरुङ घर नजिकैको भिरबाट १०० मिटर तल खसेर गंभिर घाईते भएका थिए ।
गंभिर घाईते गुरुङलाई उपचारको लागी चितवनको भरतपुर लगिएको थिए भन, गुरुङको उपचारकै क्रममा सोही दिन राती मृत्यु भएको बारपाक सुलिकोट गाँउपालिका(७ का वडा अघ्यक्ष कृण्ण गुरुङले बताए ।