१० पुष काठमाडौँ । सिरानचोक गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । गोरखा सिरानचोक गाउँपालिका वडा न४ कोइली पानी नजिकै बिजुलीका पोले बोकेर अजिरकोट गाउँपालिका तर्फ जादै गरेको ग १ त ५६२९नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
उक्त ट्याक्टर सिरानचोक चोरकाटेबाट अजिरकोट सिम्जुङ आउदै गरेको ट्याक्टर आज मंगलबार दिउँसो ट्याक्टर अनियंत्रित भई सडकको नालीमा फसेर दुर्घटना भएको एक स्थानियले बताएका छन् ।
उक्त दुर्घटनमा मानविय क्षती भने केही नभएको स्थानियको भनाई छ ।स्थानियले दिएको जानकारी अनुसार ट्याक्टरले क्षमत भन्दा बढी सामान लोड भएको कारण दुर्घटन भएको बताएका छन् । दुर्घटनको थप विवरण आउन बाकी छ ।