Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चुनाव प्रचारका क्रममा जनतामाझ गरेको बाचा आफ्नो कार्यकाल भरिमा पूरा गरेरै छाड्ने प्रतिवद्धता : गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे

चुनाव प्रचारका क्रममा जनतामाझ गरेको बाचा आफ्नो कार्यकाल भरिमा पूरा गरेरै छाड्ने प्रतिवद्धता : गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे

जोईन खबर

१२, पौष २०८०
  • 814
    SHARES
  • चुनाव प्रचारका क्रममा जनतामाझ गरेको बाचा आफ्नो कार्यकाल भरिमा पूरा गरेरै छाड्ने प्रतिवद्धता : गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे

    १२ पुष काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा बुधबार आयोजित स्थानीय सरकार जनतासंग अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले हिजो चुनाव प्रचारका क्रममा जनतामाझ गरेको बाचा आफ्नो कार्यकालभरिमा पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।मुख्यमन्त्री पाण्डेले नागरिकका आवश्यकता र चाहना असीमित छन् तर, स्रोत साधन सीमित छन् ।

    images

    उनीहरुको माग पूरा गर्न पाँच खर्बको बजेट ल्याए पनि अपुग हुन्छ, तर हामीले ३३ अर्बको बजेट बनाउँदैछौँ ।त्यसैले चाहेका सबै कुरा पूरा हुदैनन् । चुनावमा भोट माग्दा गरेका हिउँद, बर्खै चल्ने सडक, प्रत्येक गोरखालीको घरघरमा खानेपानीको धारा, शिक्षा र स्वास्थ्यको बाचा हाम्रो कार्यकालभित्र पूरा गर्नेछौँ ।’ गोरखाका लागि चालु बर्ष प्रदेशबाट दुई अर्ब ४० करोड बराबरका योजनाहरु ठेक्का प्रक्रियामा रहेको उनले बताए ।

    images
    images
    images

    गण्डकी प्रदेशका ८५ वटै पालिकाहरुसंग अन्तरक्रिया गर्दा थाहा भयो, बजेट नआएका होइनन्, आएका छन् । तर कार्यान्वयनको चरणमा जाँदा विभिन्न समस्या देखिने रहेछन ,खरिद ऐनका कारण पनि धेरै नै समस्या हुने रहे प्रधानमन्त्रीसंग छलफल भएको र यसलाई समाधान गरेरै छाड्छौँ  मुख्यमन्त्री पाण्डेले बताएका हुन् । मुख्यमन्त्री पाण्डेले अर्को कुरा गण्डकी प्रदेश सरकारले सरकारी अस्पतालबाट हुने सबै स्वास्थ्य सेवा १० बर्षभन्दा कम उमेरका र ६० बर्षभन्दा माथिका उमेरका बिरामीलाई  निशुल्क गराउने समेत  बताए ।

    लिफ्टिङ खानेपानी आयोजनाहरुको विद्युत महशुल प्रदेश सरकारले तिरिदिने भन्दै त्यसबापत उपभोक्तासंग लिइँदै आएको महशुलमा ५० प्रतिशतभन्दा बढी कम गरिदिन आग्रह गरेका पनि उनले गरेका  छन् । तीन तहको सरकारले बजेट विनियोजन गर्दा ३० लाखभन्दा कमको योजना पालिकाले, त्यसभन्दा माथिको प्रदेशले र संघ सरकारले गर्ने योजना तथा कार्यक्रमको पनि सिलिङ तोकिनु पर्ने  बताए ।

    प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - १२:४०:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको