१२ पुष काठमाडौँ । आज सुनको मुल्यले अहिले सम्मको उच्च मूल्यमा कारोवार हुदैँ छ। आज सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो ।चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।