Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शहिद लखनको ज्यादुल खोलाबाट गोरखा नगरपालिकाको २ जना पक्राउ

शहिद लखनको ज्यादुल खोलाबाट गोरखा नगरपालिकाको २ जना पक्राउ

जोईन खबर

१२, पौष २०८०
  • 835
    SHARES
  • शहिद लखनको ज्यादुल खोलाबाट गोरखा नगरपालिकाको २ जना पक्राउ

    १२ पुष काठमाडौँ । गोरखाको शहिद लखन गाउँपालिकाको  ज्यादुल खोलाबाट गोरखा नगरपालिकाको २ जना  पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुले  प्रहरीलाई गाली गलौज तथा हातपात गर्न खोजेको भन्दै शहिद लखन ज्यादुल खोलाबाट प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो ।

    images

    प्रहरीले शहिद लखन गाँउपालिका–७ ज्यादुल खोलाबाट गोरखा नगरपालिका–४ बस्ने राजकुमार राना र ४२ बर्षका मुत्तबहादुर रानालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    images
    images
    images

    सूचना अधिकारी श्रेष्ठका अनुसार पक्राउ परेकाहरुले मंगलबार बिहान ९ः३० बजेको समयमा उक्त क्षेत्रमा करेन्ट लगाएर माछा मार्दै गरेको भन्ने सूचनाको आधारमा ज्यादुल खोला पुगेको प्रहरीले सम्झाई बुझाई गर्न खोज्दा उल्टै डिउटीमा रहेको प्रहरीलाई गाली गलौज र हातपात गर्न खोजेपछी नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका दुवै जना बिरुद्व बुधबार नै सार्वजनिक शान्ति विरुद्वको कसूर शिर्षकमा मुद्वा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागी म्याद थप गरीएको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - १५:५९:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको