Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जना युवाकाे मृत्यु

बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जना युवाकाे मृत्यु

जोईन खबर

१३, पौष २०८०
  • 1.0K
    SHARES
  • बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर  एक जना युवाकाे मृत्यु

    १३ पुष काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर  एक जना २१ वर्षीय मृत्यु भएको खुलेको छ ।ग्वार्कोस्थित किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले मृत्यु हुने युवा २१ वर्षको रहेको बताए ।

    images

    छातीमा रातो डाम देखिएको छ ।अस्पतालमा ल्याइपुर्‍याउनेको भनाइ अनुसार झडपमै परेको भन्ने छ । आन्दोलनकारीहरूले नै उनलाई बोकेर अस्पताल ल्याएका थिए ।पाठकका अनुसार घाइतेलाई १२ बजेर ४० मिनेटमा किष्टमा ल्याइएको थियो । उनलाई चिकित्सकहरूले दिउँसो १ बजेर १७ मिनेटमा मृत घोषणा गरेका थिए ।

    images
    images
    images

    शुक्रवार दिउँसो बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेको बताइएको छ । रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

     स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले  जानकारी दिए ।  प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । हरू थप विवरण आउन बाकी छ । 

    प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - १४:३०:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको