Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बालकुमारी घटनाको मृतकका परिवारलाई रोजगारी र थप सहयोग गर्ने सरकारको निर्देशन

बालकुमारी घटनाको मृतकका परिवारलाई रोजगारी र थप सहयोग गर्ने सरकारको निर्देशन

जोईन खबर

१६, पौष २०८०
  • 718
    SHARES
  • बालकुमारी घटनाको मृतकका परिवारलाई रोजगारी र थप   सहयोग गर्ने  सरकारको निर्देशन

    १६ पुष काठमाडौँ । ललितपुर बालकुमारीमा भएको आन्दोलनमा परी  मृत्यु हुने परिवारलाई रोजगारी र थप  आर्थिक सहयोग गर्ने सरकारले निर्देशन दिएको छ ।

    images

    सोमबार सिंहदरबार संसदीय समितिले  बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले बालकुमारी  मृतक दुई जनाको परिवारलाई थप  सहयोग र उनीहरूको परिवारलाई रोजगारी दिन निर्देशन दिएको हो।

    images
    images
    images

    गएको शुक्रबार  बालकुमारीमा रहेको  इपिएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो ।

    उक्त बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अंगका प्रमुखसँगको छलफलपछि समितिले  निर्देशन दिएको हो।

    गएको शुक्रबार  बालकुमारीमा रहेको  इपिएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवाको मृत्यु भएको थियो । 

    बालकुमारीमा  घटनामा आज बसेको बैठकले  यस्तो निर्णय गरेको छ,

    १. पुस १३ गते शुक्रबार भएको इपिएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप राहत दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।

    २. दुवै मृतकका परिवारलाई रोजगारीको अवसर दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने ।

    ३. घटनासँग सम्बन्धित साना दर्जाको प्रहरी तथा कर्मचारीलाई मात्र निलम्बन र सरुवा गरी समस्याको समाधान नगर्न र काम गर्नेको मनोबल नगिर्ने गरी न्यायोचित समाधान गर्न नेपाल सरकार,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।

    ४. उक्त घटना घट्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री र मन्त्रालयको भूमिकाबारे पनि छानबिन गर्न निर्देशन दिने ।

     

    प्रकाशित मिति :पौष १६, २०८० सोमवार - १६:१४:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको