१७ पुष काठमाडौँ ।गोरखाको सिरानचोक गाँउपालिका वडा न -५ कटरबारीका १३ बर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा घिमिरे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा व्यक्ति सिरानचोक गाँउपालिका वडा न -५ कटरबारीका ३७ वर्षीय नवराज घिमिरे रहेको जिल्ला गोरखाका प्रहरीले जनाएको छ ।
आरोपी घिमिरेलाइ पीडित बालिकाको आफन्तले जिल्लामा दिएको जाहेरीको आधारमा शुक्रवार घिमिरेलाई पक्राउ गरिएको प्रहरीका डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
पीडितले उनी बिरुद्ध बालयौन दुरुपयोग कसूर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।