१७ पुष काठमाडौँ । आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
जसमा छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ छ भने, तेजावी सुन प्रतितोला १ लाख २० हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
हिजो सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १९ हजार ९०० रुपैयाँमा र चाँदी हिजो १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आ चाँदी प्रतितोला एक हजार ४६० रुपैयाँमा खरिद बिक्री भएको छ ।