१७ पुष काठमाडाैँ । डेन्मार्कमा हुने दाना कप जुनियर फुटबल प्रतियोगिताका लागि यसै नेपालका ३० खेलाडी छनोट गरिएको छ ।
जुलाई २२ देखि २७ तारिखसम्म हुने प्रतियोगिताका लागि ३० खेलाडीको नाम नेफका अध्यक्ष नारायण रोकाले समापन कार्यक्रममा सार्वजनिक गरे । प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेफले जनाएको छ ।
छनोट भएका खेलाडीहरुमा छहारीका अरुण लामा र सम्राट तामाङ, बृहस्पति विद्या सदनका एलेन डंगोल, प्रेम अधिकारी, गोरक्ष सुवेदी र अग्रिमजंग बस्नेत, पिस प्वाइन्टका राहुलकुमार योञ्जन, अभय घिमिरे, प्रज्ञान राई, मनीष कार्की, निराजन देउवा, रामबहादुर बुढाथोकी, महेश राई र विशेष थिङ, एनआईसी एकेडेमीका आर्यब श्रेष्ठ, अनिश जोशी, प्रदेश पाण्डे, गौरवबहादुर खड्का र युङद्रुङ वाङगेल गुरुङ, लुम्बिनीका असिप नेपाली, फ्युजन एकेडेमीका विराट खड्का र अनिल तामाङ, न्यु एराका अल्सन राई, नवीन थापा र आयुश बराम, प्रारम्भका अजय कार्की, निर्माण तामाङ, अनिमेश ढुंगाना र सुरज दनुवार रहेका छन् ।