१७ पुष काठमाडौँ । गोरखाको वारपाक सुलिकोट गाउँपालिका वडा न ८ पन्द्रुङको माथिल्लो जराङ डाडाँमा बन्नेको प्रथम शहिद दिलबहादुर रम्तेल पार्कलाई युद्ध सङग्राहलयको रुपमा विकास गरिने भएको छन् । उक्त पार्क माओवादी जनयुद्धका बेलामा राज्यपक्षबाट मारिएका प्रथम शहीद दिलबहादुर रम्तेलको गाउँ पनि हो । गाउँपालिकाको कार्यालय ताकुकोट नजिकै पर्ने माथिल्लो जराङ डाँडा बन्नेको छ । यो पार्क करिव ८ रोपनी ६ आना क्षेत्रफलमा फैलिएको त्यहीँ डाँडा अहिले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको सम्झनामा शहीद स्मृति पार्कको रुपमा विकास भएको छ ।

गोरखा हुदैँ ध्याम्पेसाल–ताकुकोट सडकखण्डको छेवैमा पर्ने शहीद स्मृति पार्कलाई अव शहीद स्मृति पार्कमात्र नभएर युद्ध सङग्राहलयको रुपमा विकास गर्न लागिएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनु भयो । पार्क निर्माणको काम ८० % सम्पन्न हुदाँ नै हजारौ आन्तरिक तथा बाह्य पर्यटक रम्तेल स्मृति पार्कको अवलोकन गर्नका लागि त्यहाँ पुगी राखेका हुन्छन् । जसमा बनेको पार्क भित्र जनयुद्धकालिन समयमा तत्कालिन माओवादी जनमुक्ति सेनाले प्रयोग गरेका हातहतियार, सञ्चार सामग्री तथा ऐतिहासिक दस्तावेजहरु समेत प्रर्दशनीका लागि राख्न लागिएको पालिका अध्यक्ष भट्टले बताउनु भयो । ‘‘लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि महान जनयुद्धमा भएका वलिदानीलाई अध्ययन गर्न पाउने सङग्राहलयको रुपमा स्मृति पार्कलाई युद्ध सङग्राहलयको रुपमा विकास गर्न लागिएको र अव छिट्टै बाँकी रहेका काम सम्पन्न गर्ने उहाँले बताउनु भयो ।

अध्यक्ष भट्टको भनाई अनुसार अब आउने नयाँ पुस्तालाई युद्ध सम्बन्धि इतिहासको चित्रण गराउन, जनयुद्धको सुरुवात, युद्ध र शान्ति सम्झौताको चित्रण गराउन समेत युद्ध सङग्राहलयले भूमिका खेल्ने युद्ध सङग्राहलयमा जनयुद्धकालिन इतिहास अध्ययन गर्न भिडीयो कक्ष लगायत ई–लाइब्रेरी समेत राखिने छ भने तत्कालिन जनमुक्ति सेनाले प्रयोग गरेका ड्रेस, ड्रेस कोड, तत्कालिन समयमा सम्वाद गरिएका पत्रहरु पनि राखिने बताउनु भयो ।

पार्कमा जनयुद्धका क्रममा ज्यान गुमाएका गोरखा जिल्लाका सवै शहीदहरुको नाम शिलालेखमा राखिएसंगै पार्क भित्र पोखरी, भ्यूटावर समेत बने र जनयुद्धकालिन सवै इतिहासलाई समेट्ने गरी सामग्रीहरु खोजी गरी सङग्राहलयमा राख्ने तयारी गरिरहेका गाउँपालिका अध्यक्ष भट्टले जानकार दिनुभयो ।

‘‘शहीद स्मृति पार्कमा घुम्न, हेर्न र अध्ययन गर्नका लागि जिल्ला भित्र र वाहिरबाट समेत पर्यटक आउने गरेका छन् । यसले वारपाक सुलिकोट गाउँपालिकामा भित्र पर्यटक भित्र्याउन समेत सहयोग पुग्ने र पार्कभित्र टिकट काउन्टर निर्माण गरिएको छ भने पिकनिक स्पोर्ट निर्माण गर्ने योजना सहित ठुलाठुला चौरहरु समेत निर्माण गरिएको छ ।
पार्क भित्र प्रथम शहीद दिलबहादुर रम्तेलको शालिक समेत निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर अभिनव गौतमले जानकारी दिए । पार्कलाई युद्ध सङग्राहलयको रुपमा विकास गर्दै थप व्यवस्थापन गर्नका लागि गाउँपालिकाले गण्डकी प्रदेश संङग्राहलयका प्रतिनिधि लगायतका सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया समेत गरेको छ ।

उक्त पार्क सम्पन्न गर्नेका लागि ८ करोड रुपैया लाग्ने अनुमान सहित डिपिआर तयार गरी निर्माण कार्य सुरु गरीएको ,इन्जिनियर गौतमले भने अहिलेसम्म लगभग ५ करोड रुपैयाको हाराहारीमा पार्क निर्माण भइरहेको छ ।यस पार्क सम्पन्न भए पछि केही सहुलेतका दरमा टिकट शुल्क व्यवस्था गरी पार्कको अवलोकन र युद्ध सङग्राहलयको अध्ययनको गर्ने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ ।