१९ पुष काठमाडाैँ । गोरखा बजारमा आजदेखी मेला सुरु भएको छ । आज मेलामा पहिलो पटक जिपलाइनको मज्जा लिन पाउने छन् । गोरखा चेम्बरले आजदेखी आयोजना गरेको ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्वन मेला–२०८० सुरु गरेको हो । मेलाको तयारी तिब्र गतिमा हिजै पुरा गरेका आयोजक गोरखा चेम्बर अफ कर्मशका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटनको बिकासमा टेवा पुरर्याउने र कृषि लगायत स्थानिय उत्पादनको ब्यापार प्रबद्र्वन गर्ने उद्वेश्यका साथ मेलाको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । मेलामा पहिलो पटक जिपलाइनको मज्जा लिन पाउने भएको छ । खेलकुद मैदानको कर्भडहल देखी मैदानको अन्तिम बिन्दुसम्म पुगिने गरी जिपलाइनको मज्जा लिना सकिने गोरखा चेम्बर अफ कर्मशका बरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार जिपलाइन सेवा लिने प्रति ब्यत्ति २०० रुपैयाँ बुझाउनु पर्ने छ । मेला स्थल भित्र १२५ वटा विभिन्न प्रकारको स्टल रहको संस्थाका महासचिव विण्णु रानामगरले जानकारी दिनुभयो । उहाँका अनुसार यो ११ दिनसम्म चल्ने मेला २९ गते समापन हुने छ ।
मेला अवधिरमा करिब ४० हजार दर्शकले मेलाको अबलोकन गर्ने अनुमान गरिएको छ । सोही अवधीमा करिब ५ करोड बरावरको कारोवार हुने पनि अनुमान गरिएको छ । आज मेलाको सुरुवातीको दिनमा एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गरेका आयोजक संस्थाले जानकारी दिएको छ ।
आज गोरखा सदरमुकामको नयाँ बसपार्क देखी खेलकुद मैदानसम्म विभिन्न जातजातीको भेषभुषा सहितको झाँकी, विभिन्न जातजातीका साँस्कृतीक झाँकी झल्कने गरी ब्यानर सहितको रर्याली हुने गोरखा चेम्बर अफ कर्मशले जानकारी दिएको छ ।