१९ पुष काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले आज बिहीवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताकाे वार्षिक खेल तालिका सार्वजनिक गरेको हो ।
नेपालले आईसीसी विश्वकप लिग–२, टी–२० एकदिवसीयलगायतका शृङ्खलालाई खेल तालिकामा समेटेको छ ।नेपालले आउँदाे फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ ।
अब आउँदाे मङ्सिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ । क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेल तालिकामा समावेश गरिने बताउनुभयो ।