Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आईटीटीएफ एडभान्स कम्पिटिसनको सेमिनारमा सहभागी हुन तेजेन्द्रसिंह महरा कतार प्रस्थान

आईटीटीएफ एडभान्स कम्पिटिसनको सेमिनारमा सहभागी हुन तेजेन्द्रसिंह महरा कतार प्रस्थान

जोईन खबर

१९, पौष २०८०
  • 685
    SHARES
  • आईटीटीएफ एडभान्स कम्पिटिसनको  सेमिनारमा सहभागी हुन  तेजेन्द्रसिंह महरा कतार  प्रस्थान

    १९ पुष काठमाडाैँ ।आईटीटीएफ एडभान्स कम्पिटिसन म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन टेबलटेनिसका अन्तर्राष्ट्रिय निर्णायक तेजेन्द्रसिंह महरा बिहीबार कतारको दोहो प्रस्थान गरेका छन् । सेमिनार जनवरी ६ देखि ९ तारिखसम्म सञ्चालन  हुनेछ ।

    images

    अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघको विकास परियोजनाअन्तर्गत एसियाली टेबलटेनिस संघको सहयोगमा कतार टेबलटेनिस संघले सेमिनार आयोजना गर्न लागेको हो ।

    images
    images
    images

    एसियाली टेबलटेनिस संघमा कम्पिटिसन म्यानेजरका रुपमा कार्यरत महराले विश्व, एसियाली र दक्षिण एसियाली प्रतियोगितामा निर्णायक तथा कम्पिटिसन म्यानेजरको भूमिका निर्वाह गरिसकेको अखिल नेपाल टेबलटेनिस संघका सदस्य धर्ममान वज्राचार्यले जनाएका छन् ।

    गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि महरा कम्पिटिसन म्यानेजरका रुपमा कार्यरत थिए ।

    प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - २१:३३:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको