२० पुष काठमाडौँ । चितवनमा तीन जना सवार मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको छ ।
बा प्र०६–००४ प४५६२ नम्बरको मोटरसाइकल कालिका नगरपालिका–९ शक्तिखोरमा गएराति अनियन्त्रित भएर सडक पेटीस्थित बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकलमा सवार तीनै जना घाइते भएको चितवन प्रहरीले बताएको छ ।
मोटरसाइकल घाइते हुनेमा चालक कालिका नगरपालिका–९ का ३२ वर्षीय नगेन्द्र गिरीसंगै पछाडि सवार सोही ठाउँका २४ वर्षीय निसान भारती र २६ वर्षीय विजय भण्डारी थिए, भने घाइतेमध्ये गिरीको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । घाइतेहरूको भरतपुर पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।