२० पुष काठमाडौँ । भोली पुष २१ गतेदेखि नेपाली सेनाले गोरखाबाट एकिकरण पदयात्रा काठमाण्डौ हनुमान ढोका दरवार सम्म पुग्ने भएको छ । नेपाली सेनाले नेपाल एकिकरण क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गको प्रचार–प्रसारका लागि नेपाली सेनाले गोरखाबाट एकिकरण पदयात्रा सुरु गर्ने भएको हो ।यस पदयात्रा ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन पदयात्रामा निस्किने सेनाको टोली काठमाण्डौ हनुमान ढोका दरवार पुग्ने गरी पुष २१ गतेदेखि पदयात्रा सुरु गर्ने नेपाली सेना रिपुमर्दन गण गोरखाका गणपति प्रमुख सेनानी असोककुमार क्षेत्री जानकारी दिए ।
नेपाली सेनाले नेपाल एकिकरण गर्दा प्रयोग भएका तात्कालिन ऐतिहासिक पदमार्गको संरक्षण, संम्र्बदन र प्रचार–प्रसारका लागि गोरखा दरवार स्थित हनुमान भन्ञ्याङ्ग चौताराबाट पदयात्रामा निस्कने सेनाको टोली गोरखादेखि धादिङ, नुवाकोटहुँदै काठमाण्डौसम्म पुगेर पदयात्रा समापन हुने प्रमुख सेनानी क्षेत्रीको भनाई छ ।
सेनाको टोलीले नेपालको राष्ट्रिय झण्डा र टर्च लाईट लिएर पदयात्रामा निस्कने उन्ले बताए । नेपाल एकिकरणका क्रममा तात्कालिन राजा पृथ्वीनारायण शाहले खडा गरेको नेपाली सेनाको पहिलो ५ कम्पनी श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरख, बर्दबहादुर गण र सवुज गणको झण्डाहरु समेत बोकेर नेपाली सेनाले पदयात्रा गर्नेछ ।
गोरखाबाट गोरखा नगरपालिका गोरखा र भीमसेन थापा गाउँपालिकासंगको सहकार्यमा सेनाले पदयात्रा थालनी गर्न लागेको प्रमुख सेनानी क्षेत्रीले बताए । नेपाली सेनाका अधिकृतको नेतृत्वमा ३० जनाको टोली पदयात्रामा रहेका हुन्छन् । पुष २१ गतेदेखि गोरखाबाट हिडे भने पुस २६ गते काठमाण्डौ पुग्नेछन् ।
गोरखाबाट निस्किएको टोलीले धादिङको सिमानामा पुगेर धादिङ स्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको झण्डा, टर्च हस्तान्तरण गर्नेछन् भने धादिङको टोलीले नुवाकोट स्थित सेनाको टोलीलाई झण्डा र टर्च लाईट हस्तान्तरण गर्नेछन् भने नुवाकोटको टोलीले काठमाण्डौको टोलीलार्ई झण्डा र टर्च लाईट हस्तान्तरण उनले बताए ।काठमाण्डौको टोली पुस २७ गतेका दिन हनुमान ढोका दरबारमा हुने पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको कार्यक्रममा सहभागी भएपछि पदयात्रा समापन हुने प्रमुख सेनानी क्षेत्रीले जानकारी दिए ।